पाल्पा- पाल्पामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा पूर्वखोला गाउँपालिका वडा नं. २ राक्सेका २२ वर्षीय कमल राना रहेको प्रहरीले जनाएको छ । उहाँको शनिबार बेलुका सबा ८ बजेतिर ट्याक्टर अनियन्त्रित भई दुर्घटना हुँदा ट्याक्टरका चालक रहेका रानाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले बताउनुभयाे ।

आर्यभञ्याङ पूर्वखोला कच्ची सडक खण्डको मंगलामा चेवाबाट जल्पातर्फ जाँदै गरेको लु ४ त ७१९८ नम्बरको ट्याक्टर सडकदेखि करिब ५ मितर तल खस्न गई दुर्घटना भएको प्रहरीले जनाएको छ। दुर्घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

प्रतिक्रिया

सम्बन्धित खवर