१३ भाद्र २०७७, गुल्मीमा आजबाट निषेधाज्ञा हटाइएको छ । तर जिल्लामा प्रव्रेश गर्दा अनिवार्य पीसीआर रिपोर्ट देखाउनुपर्ने छ । जिल्ला बाहिरबाट पसल तथा व्यवसायीक सामाग्री ढुवानी गर्ने चालक र सहचालकले समेत पीसीआर रिपोर्ट देखाउनु पर्ने छ । यदि रिपोर्ट नभएमा १० दिनसम्म सम्बन्धित पालिकाको क्वारेन्टिनमा बस्नुपर्ने छ ।
यसैगरी भदौ १९ गते सम्म भने नया मोडालिटि वनाईएको छ । जसअनुसार दुग्ध ब्यवसाय बिहान नौ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म, तरकारी र फलफूल पसलहरु बिहान ७ बजेदेखि ९ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म खोल्न पाइने छ अन्य पसल, उद्योग व्यवसायहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म तथा अस्पताल, औषधि पसल र पेट्रोलपम्प भने २४ सौं घण्टा खुला रहनेछन्

 

 

 

 

 

प्रतिक्रिया

सम्बन्धित खवर