१० भाद्र २०७७, बुधवार
घोराही १४ का एक युवाले निशुल्क मास्क वितरण अभियानको शुरूवात गरेका छन् ।
कोरोना महामारीका बेला मास्क लगाउनु अनिवार्य भएपनि कतिपय विपन्न व्यक्तिले मास्क नलगाएको देखेपछि व्यक्तिगत लगानीमा य नरेन्द्र पुनले निःशुल्क मास्क वितरण गर्न शुरू गरेका हुन् ।
घोराही उपमहानगरपालिका १४ स्थित लखनपार्क भन्दा उत्तरतर्फ रहेको आफ्नै घरको परिसरमा उनले मास्क बैंक स्थापना गरेका छन् । “यो मास्क बैङ्क हो, यहाँ सहयोग गर्न चाहनेले मास्क दिएर जान सक्छन् भने नभएकाले मास्क लिएर जान्छन्” पुनले भने । आज मात्रै ५ सय थान मास्कबाट अभियानको थालनी गरेका पुनलाई सहयोगीहरु पनि भेटिदै भएका छन् । २ जना व्यापारीहरुले २ सय मास्क दिएर गएका छन् भने अरुले पनि सहयोग गर्ने बचन दिएको उनले जानकारी दिए । बुधवार मात्रै ४ सय जनालाई मास्क वितरण गरेको उनले बताए ।

 

प्रतिक्रिया

सम्बन्धित खवर