१० भाद्र २०७७, बुधवार
बुटवलमा केन्द्रीय कार्यालय रहेको तिनाउ मिसन डेभलपमेण्ट बैंकले विश्वव्यापी रुपमा फैलिरहेको कोरोना भाइरसको असरबाट आफ्ना ऋणी ग्राहकहरुलाई पर्न गएको आर्थिक भारलाई महसुस गरी ऋणी ग्राहकहरुलाई केही हदसम्म राहत दिने उद्देश्यले ब्याजदर घटाइदिएको छ ।
सम्पूर्ण ऋणीहरुको ब्याजदरमा पुनः २.२५ प्रतिशतसम्मले ब्याजदर घटाई सहुलियत प्रदान गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रदिपकुमार श्रेष्ठले जानकारी दिए ।
बैंकले हाल ७ वटा जिल्लाका विभिन्न ग्रामीण एवम् सहरोन्मुख क्षेत्रमा खोलिएका ५३ वटा शाखा कार्यालयहरु मार्फत आफ्ना ग्राहकहरुलाई सेवा दिदै आईरहेको छ ।
विकास बैंकले पाल्पाको प्रभास, दाङ्गको लमही र तुल्सीपुर, पश्चिम नवलपरासीको बर्दघाट, पूर्वी नवलपरासीको कावासोती र देवचुली धारापानीमा थप ६ वटा शाखा कार्यालय खोल्ने गरी प्रक्रिया अगाडि बढाएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर