 
							
राम प्रसाद सुबेदी संगम/ मलेसिया
१६ भाद्र २०७८, बुधवार
साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले तिज बिशेष कार्यक्रम भदौ २० गते आईतवार गर्ने भएकाो छ। सोहि अवसरमा शुभकामना आदानप्रदान संगै परिचयपत्र बितरण तथा रचना वाचन कार्यक्रम गर्न लागेको साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका अध्यक्ष खेम मगर कान्छाले जानकारी दिए।
नेपाली साहित्यको बिकाश र बिस्तार गर्ने उदेश्य सहित भदौ २० मलेसियाको समय अनुसार साझ ८स्१५ बजे कार्यक्रम गरीने शाखाका महासचिव एम मगरले गराए । कार्यक्रम जुम एपमार्फत साहित्यिक चौतारी नेपाल मलेसिया शाखाको फेसबुक पेजमा फेसबुक लाईभ गरेर गरिने छ ।
बरिस्ठ गजलकार तथा नेपाल प्रज्ञा(प्रतिष्ठानका पुर्व प्राज्ञ सदस्य बुद रानाको प्रमुख अतिथ्यतामा गरिने कार्यक्रममा, विभिन्नदेशहरु मलेसियामा साहित्यसम्वन्धि रुचि भएकाहरुलाई समावेश गराईने मलेसिया शाखाले जनाएको छ ।
कार्यक्रममा शुभकामना आदान प्रदानका साथै शाखाका पदाधिकारी तथा सदस्य हरुलाई संस्थाको परिचयपत्र बितरण गरिने छ ।
यसैगरी ८ जना साहित्यकारहरुले रचना वाचन गर्ने गरि तयारी गरिएको समेत अध्यक्ष मगरले जानकारी दिए । जसअनुसार कविता भक्त कार्की, गजल बेहोसि कृष्ण कार्की, रेसम राज बोगटी,खिमु काउचा गरिब, बासुदेब कुमार दनुवार र तारा सोमै मगर संकल्प तथा मुक्तक मोती निरौला र एकदेव कुमार चौधरीले आआफनो रचना वाचन गर्नेछन ।
राम प्रसाद सुबेदी संगमले सन्चालन गर्ने कार्यक्रममा शिरीष बन्जाडेले प्राविधिकमा सहयोग गर्ने वताईएको छ ।


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com