९ भाद्र २०७७, मंगलवार

कञ्चनपुरमा  चट्याङ लागेर एकजनाको मृत्यु र दुईजना घाइते भएका छन्।

कञ्चनपुरको बेलौरी नगरपालिका-१ बैशाखीमा सोमबार राति चट्याङ लागेर २२ वर्षीय लोकेन्द्र चन्द गम्भीर घाइते भएका थिए। उनको कैलालीको निसर्ग अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बेलौरीका प्रहरी निरीक्षक रणबहादुर चन्दले बताउनुभयो ।

उक्त घटनामा २६ वर्षीय सुजन शाही र २० वर्षीय नरेश शाही घाइते भएका छन्। उनीहरुको पनि निसर्ग अस्पतालमा उपचार भैरहेको छ।

प्रतिक्रिया

सम्बन्धित खवर