२४ श्रावन २०७८, आइतवार

साउदी सरकारले एक हप्तामा करीव १२हजार८ सय ९९ जनालाई पक्राउ गरेको जनाएको छ ।
बासस्थान, श्रम कानून र सीमा सुरक्षा नियमहरु को उल्लंघन गर्नेहरुलाई साउदीको विभिन्न ठाउँवाट उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा ४,१३० रेजिडेंसी सिस्टम उल्ल्घन गर्ने, सुरक्षमा ७२१, सीमा सुरक्षा नियम उल्लंघन गर्ने ७७२१ जना र १,०४ श्रम कानूनको उल्ल्घन १०४ जना रहेका छन ।अन्य ३२२ जना राज्यमा सीमा पार खोजीगरिरहेका अवस्थामा पक्राउ परेका हुन ।

यसरी पक्राउ पर्नेमा ४९ प्रतिशत यमनका,४९ प्रतिशत इथियोपियाली, र दुई प्रतिशत अन्य राष्ट्रहरु रहेका छन । ५१ प्रतिशत उलघनकर्ताहरु सीमा पार गर्न को लागी साउदी अरब बाट बाहिर जान खोजीरहेका थिए ।
पाँच जनालाई यातायात र रेजिडेंसी र कामका नियमहरुको उल्ल्घन गर्नेहरुलाई आश्रय दिईएको थियो र लुकाउने गतिविधिहरु को अभ्यास गरीरहेकोमा पनि उनीहरुलाई पक्राउ गरिएको समाचारमा उल्लेख गरिएको छ ।

त्यहाँको मन्त्रालयले जोड दिएको छ कि जो कोहीले पनि राज्यमा घुसपैठिको प्रवेशलाई सहज बनाउँछ वा उसलाई ढुवानी वा आश्रय वा कुनै सहयोग वा सेवा दिन्छ उसलाई १५ बर्ष सम्म जेल सजाय र अधिकतम १ लाख रुपैयाँ जरिवाना हुनेछ। यातायात र आवास को साधन को जफत हुनेछ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर