८ भाद्र २०७७, सोमवार

चितवनमा सोमबार थप २० जनामा कोरोना भाइरससंक्रमण पुष्टि भएको छ । चितवन मेडिकल कलेजको कोभिड ल्याबमा आइतबार गरिएको परीक्षणमा चितवनका १४ जनासहित २० जनामा संक्रमण पुष्टि भएको प्रयोगशालाले जनाएको छ ।

संक्रमण पुष्टि हुनेमा सबैभन्दा धेरै भरतपुरका छन् । भरतपुर–१ का ७४ वर्षीया महिला र २३ वर्षीया पुरुष, भरतपुर–२ का ३१ वर्षीय पुरुष, भरतपुर–३ का ३१ वर्षीय पुरुष, भरतपुर–५ का २२ र ३३ वर्षीया दुई महिला, भरतपुर–९ का ४३ वर्षीया पुरुष रहेका छन ।  यसैगरी भरतपुर–१० की २३ वर्षीया महिला, भरतपुर–११ का ३५ र ५२ वर्षीय पुरुष, भरतपुर–१५ का २० वर्षीय पुरुष, भरतपुर–१६ का २० वर्षीया महिला, भरतपुर–२८ का ६२ वर्षीय पुरुष र खैरहनी–१२ की ३० वर्षीया महिला रहेका छन् ।

यसैगरी मकवानपुरको हेटौंडा–४ की ४९ वर्षीया महिला, नवलपरासी पूर्व गैंडाकोट–२ का ३८ वर्षीया महिला ४२ वर्षीष पुरुष र कावासोती–१४ का २२ वर्षीया महिला छन । यसैगरी बारा कलैया–४ का ६५ वर्षीय पुरुष र गोरखा–१ का ६० वर्षीय पुरुषमा संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर