७ श्रावन २०७८, बिहिवार

ओलम्पिक प्रतियोगिता भोलिदेखि जापानमा शुरु हुँदैछ ।

सन् १९६४ मा पहिलो पटक ओलम्पिक आयोजना गरेको जापानले ५७ वर्षपछि फेरि ओलम्पिक आयोजना गर्दैछ ।

यसपटक ओलम्पिकमा पाँच नयाँ खेल समावेश गरिएको छ ।

सर्फिङ, स्केटबोर्डिङ, स्पोर्ट्स क्लाइम्बिङ र कराते भने पहिलो पटक ओलम्पिकमा सहभागी गराइएको हो ।

ओलम्पिकमा पहिलो पटक बास्केटबलको थ्री बाई थ्री इभेन्टमा प्रतिस्पर्धा हुनेछ । यस्तै साइक्लिङमा बिएमएक्स फ्रिस्टाइल थप गरिएको छ ।

जुलाई २३ देखि अगष्ट ८ सम्म सञ्चालन हुने टोकियो ओलम्पिकमा २०५ देशबाट ११ हजार भन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्दैछ

न्कोरोना महामारीले गर्दा एक वर्ष पछि सरेको टोकियो ओलम्पिकका खेल दर्शक बिना नै खेलाइने छ ।

प्रतिक्रिया

सम्बन्धित खवर