दिनेश खडका खप्तडि
क्वालालम्पुर मलेसिया

५ श्रावन २०७८, मंगलवार

गैर आवासिय नेपाली संघ मलेसियाको अध्यक्षमा विनोद वहादुर थापा निर्विरोध निर्वाचित भएका छन् ।

यसैगरी महासचिवमा रन्जितकुमार क्षेत्री, सचिवमा रोशन सुब्बा, नारायण अधिकारी र कोषाध्यक्ष कृष्ण नेपाल, युवा संयोजकमा अरुण गिरि सहमतिमै निर्विरोध भएका छन् ।

सदस्यमा वीरेन्द्र कार्की, बिष्णुप्रसाद बराल, पासाङ लामा, सन्तोष कार्की, श्यामबहादुर श्रेष्ठ, टेकबहादुर अधिकारी, निर्विरोध भएका छन् ।
तर आईसीसी सदस्यहरु तथा उपाध्यक्षमा भने सहमति हुन सकेको छैन ।

सवै आ आफनो स्थानमा सक्षम रहेको भन्दै कसैले पनि आफनो उम्मेदवारी फिर्ता लिएका छैनन । उनीहरुलाई सहमतिमा ल्याउने प्रयास भैरहेको स्रोतले जानकारी दिएको छ ।

यसैविच अध्यक्ष थापाले सबै एनआरएनलाई मिलाएर मजदूरमुखी बनाउदै र दूतावाससँग समन्वय गरि मजदूरका मुद्दालाई उठाउने वताएका छन ।
मलेसिया एनआरएनले निर्विरोध भएको पत्र केन्द्रमा पठाएपछि मात्र यसले वैधानिकता पाउने छ ।

अध्यक्ष थापाले निर्वाचन अगाडि सारेका एजेण्डा यस्ता थिए

१े श्रमिकको साथी ल्च्ल्ब् मलेसिया विशेष कार्यक्रम सन्चालन गर्न

२े मलेसियाका विभिन्न राज्यमा शाखा बिस्तार

३े मलेसियामा रहेका श्रमिकहरुसग महिनामा एक दिन बिशेश कार्यक्रम सन्चालन गर्न

४े मलेसियामा रहेका श्रमिकलाई मलेसिया सरकारले दिएका सुबिधाहरुको सुनिस्चितता गराउन

५े अबैधानिक रुपमा बसेका नेपाली श्रमिक हरुलाइ नियमले सम्बतले रोजगारको बेवस्था गर्ने त्यस्तो नभए नेपाल फर्कन सहज तरिकाले सहयोग गर्ने

६े नेपाली राजदुतावास सगको सहकार्यमा श्रमिकहरुका समस्या पहिलाइ समाधान प्रयास गर्ने

७े मलेसियामा रहेर ब्यापार ब्यबसायी गरि बस्नु भएका नेपाली दाजुभाइ दिदी बहिनी हरुका समस्या समधानको पहल गर्न

अव थापाले आफना वाचाहरुलाई पुरा गर्छनकि गर्दैनन मलेसियामा रहेका सवैले चासोका साथ हेर्नेछन ।

 

प्रतिक्रिया

सम्बन्धित खवर