४ श्रावन २०७८, सोमवार

दिनेश खड्का खप्तडि/ क्वालालम्पुर

साहित्यिक चौतारी नेपाल मलेसिया शाखाले नयाँ नेतृत्व चयन गरेको छ।
२०८ औं भानुजयन्तीको अवसरमा भर्चुअल माध्यममार्फत कार्यक्रम गरी नयाँ नेतृत्व चुनिएको हो ।

नयाँ कार्यसमितिको अध्यक्षमा खेम कान्छा मगर रहेका छन ।  वरिष्ट उपाध्यक्षमा मोति निरौला,उपाध्यक्षमा खिमु काउचा गरिब,महासचिवमा एम मगर,सचिवमा तारा सोमै मगर संकल्प,सह -सचिवमा विशाल बी.सी र कोषाध्यक्षमा निमेष चौधरी रहेका छन् ।
यसैगरी सदस्यहरुमा बेहोसी कृष्ण कार्की, बासुदेब कुमार दुनुवार,राम काजी बि.सी. तिलकराम अधिकारी,रेशमराज बोगटी,भक्त कार्की र सन्दिप बिश्वकर्मा निश्चल आशु रहेका छन् ।

संरक्षकमा निर्वतमान अध्यक्ष राम प्रसाद सुवेदी संगम,प्रमुख सल्लाहकारमा जीवन देवान गाउँले,सल्लाहकारमा दल बहादुर लामा र अर्जुन सिंह अनुरागी रहेका छन्,।
कार्यक्रममा निर्वतमान अध्यक्ष राम प्रसाद सुवेदी संगम साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका कार्यवाहक अध्यक्ष दल बहादुर लामा, साहित्यिक चौतारी नेपालकि केन्द्रीय अध्यक्ष गिता भण्डारी, साहित्यिक चौतारी नेपाल मलेसिया संस्थापक अध्यक्ष सन्दीप संग्रौला ‘दिलदुखी’लगायतकाले सफल कार्यकालको शुभकामना दिदै आदिकबि भानुभक्त आचार्यको स्मरण गर्दै कबिता वाचन गर्नुभएको थियो ।

कार्यक्रममा साहित्यिक चौतारी नेपाल मलेसिया शाखाका निबर्तमान सह सचिव खेम मगर साहित्यिक चौतारी नेपाल केन्द्रीय समिति, नेपालका सात वटै प्रदेश शाखाका प्रतिनिधि,देश बाहिरका साउदी,इजरायल,ग्रिस,जापान,भारत र मलेसिया शाखाका प्रतिनिधि,नेपाली मजदुर एकता समाज केन्द्रीय समिति अध्यक्ष तेज बहादुर कार्कि, गैर आवासीय नेपाली संघ जोहोर राज्य समिति अध्यक्ष हरि बहादुर बस्नेत, सुदुरपश्चिमेली नेपाली समाज जोहोर मलेसियाका अध्यक्ष राज बहादुर साउदलगायतले शुभकामना दिनु भएको थियो ।
कार्यक्रमको सन्चालन अर्जुन सि अनुरागीले गर्नुभएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर