६ भाद्र २०७७, शनिवार
गुल्मीमा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको निर्णयअनुसार १२ गते राति १२ बजेसम्मको लागि निषेधाज्ञा जारी गरिएको छ । निषेधाज्ञा अवधिमा खाद्यान्न, तरकारी, फलफूल, दूध, पानी, औषधि, बोक्ने मालबाहक गाडी र एम्बुलेन्सबाहेक मोटरसाइकलसहित अन्य सम्पूर्ण सवारी साधनलाई पूर्णरुपमा रोक लगाइएको छ । अस्पताल, औषधि पसल र पेट्रोलपम्प २४ सौं घण्टा खुला रहनेछन् । निषेधाज्ञा उल्लंघन गर्ने वा आदेशको पालना गर्ने÷गराउने कार्यमा अबरोध गर्ने जोसुकै उपर प्रचलित कानुन बमोजिक कारवाही हुने प्रशासनले जनाएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर