२८ आषाढ २०७८, सोमवार

इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा हराउँदै इटली युरो कप २०२० को विजेता बनेको छ । वेम्बली स्टेडियममा भएको खेलमा इङ्ल्यान्डलाई पेनाल्टी शुटआउटमा तीन-दुईले हराउँदै इटली विजेता बनेको हो ।

खेलको दुई मिनेटभित्रै इङ्ल्यान्डका लुक शले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । खेलको पहिलो हाफसम्म इङ्ल्यान्डले एक गोलको अग्रता लिन सफल भयो । तर खेलको ६७ औँ मिनेटमा लियोनार्दो बुनिचीले गोल गर्दै खेल एक-एक गोलको बराबरीमा फर्काए ।

गियानलुईगी डोनीरुम्माको निर्णायक बचाऊ

इटालीबाट डोमिनिको बेरार्डी, लियोनार्दो बनुची र फेडरिको बर्नार्डस्कीले गोल गरे । त्यस्तै, आन्द्रेइ बनोट्टी र जर्जिन्होको प्रहारलाई इंलिस गोलकिपर जोर्डन पिकफोर्डले जोगाए ।

ezgif.com gif maker 1

पिकफोर्डले जर्जिन्होको प्रहार जोगाउँदा खेल ३–२ को अवस्थामा थियो र अन्तिम पेनाल्टी प्रहार गरेर इङल्यान्डले बराबरी गर्ने आशा बाँकी थियो । तर, बुकाया साकाको प्रहारलाई इटालीका गोलकिपर गियानलुईगी डोनीरुम्माले बचाऊ गरेपछि इङल्यान्ड पराजित भयो ।
इङल्यान्डबाट ह्यारी केन र ह्यारी मग्वायरले मात्रै पेनाल्टीमा गोल गरे । रासफोर्डको प्रहार गोलपोस्टमा ठोक्किएर बाहिरियो भने जाडन सान्चोको प्रहारलाई डोनीरुम्माले बचाए ।

निर्धारित र अतिक्ति समयमा बराबरी

यसअघि निर्धारित तथा अतिरिक्त समयको खेल १–१ गोलको बराबरीमा सकिएको थियो । लुक शाले इङल्यान्डलाई खेलको दोस्रो मिनेटमै अग्रता दिलाएका थिए । यता, इटालीबाट ६७ मिनेटमा लियोनार्दो बनुचीले बराबरी गोल फर्काएका थिए । अतिरिक्त समयमा भने दुबै टोलीले कुनै गोल गर्न सकेनन् ।

इटालीले युरोकप जितेको यो दोस्रो अवसर हो । यसअघि १९६८ मा इटालीले पहिलोपटक यो उपाधि जितेको थियो । सन् २००० र २०१२ मा भने फाइनल पुगेर इटाली पराजित भयो ।

image

प्रतिक्रिया

सम्बन्धित खवर