१ भाद्र २०७७, सोमवार


एसईईको नजिता सार्वजनिक भएको छ । ४ लाख ८२ हजार ९ सय ८६ जनाले परीक्षा फाराम भरे पनि राष्ट्रिय परीक्षा बोर्डले ४ लाख ७२ हजार ७८ जनाको प्रमाणित प्राप्तांकको नतिजा सार्वजनिक गरेको बोर्डका अध्यक्ष डा.चन्द्रमणि पौडेलले जानकारी दिनुभयो ।
२०७६ साल चैत ६ गतेदेखि गर्ने तयारी भएको परीक्षा चैत्र ५ गते स्थगित भएको थियो । जेठ २८ गते बसेको मन्त्रिपरिषद् बैठकले परीक्षा विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा ग्रेड निर्धारण गरेर सार्वजनिक गर्ने निणर्य गरे अनुसार आज सार्वजनिक भएको हो ।
१९९० सालदेखि हुँदै आएको एसएलसी (हाल एसईई) परीक्षा पहिलोपटक परीक्षा नै नगरी आन्तरिक मूल्यांकनका आधारमा सार्वजनिक गरिएको हो ।

प्रतिक्रिया

सम्बन्धित खवर