२७ पौष २०७७, सोमवार
मलेसियामा फेरी एमसिओ (नेपालमा लकडाउन जस्तै) आवागमन नियन्त्रण आदेश लागु हुने भएको छ । आउदो १३ तारिख देखि २६ गते सम्म दुई हप्ताको लागि एमसिओ लागु गरिएको हो ।

मलेसियाको प्रधानमन्त्री तान श्री मुहमदिन यासिनले स्थानीय टेलिभिजनमार्फत जनताको नाममा सम्बोधन गर्दै, मोभमेन्ट कन्ट्रोल अर्डर            ( एमसिओ ) जनवरी १३ तारिख बुधबारदेखी लागु हुनेगरी जनवरी २६ तारिखसम्म दुई हप्ताको लागी पुनः एमसिओ लागू गरिएको वताएका    छन ।


एमसिओ मलेसियाका ८ वटा क्षेत्रहरुमा लागु हुने छ । जसमा सेलाङ्गर,क्वालालम्पुर,पुलाउ पेनाङ,पुत्राजाया,लाबुआन,जोहोर,साबाह,मलाका रहेका छन ।
कोरोना संक्रमणको जोखिम कम रहेको बाँकी अन्य क्षेत्रहरु क्रमशः केडाह,पेराक,नेगेरी सेम्बिलान, केलान्तान, तेरेङ्गानु, पाहाङ, सारावाक,पेरलिस लगायतको क्षेत्रमा पहिले सरहनै सिएमसिओ, आरएमसिओ जारी रहेको प्रधानमन्त्री यासिनको सम्वोधनमा उल्लेख छ ।

एमसिओ लागू हुनेभएपछि मलेसिया कार्यरत भिसाको म्याद सकिएका,जलानकार्ड नभएकाहरु,स्वदेश फर्किने तयारीमा रहेका विदेशी श्रमिकहरु संगै नेपाली श्रमिकहरु समेत प्रभावित हुने देखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर