२७ पुस २०७७

राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको २९९औं जन्मजयन्ती आज देशभर विभिन्न कार्यक्रम गरी राष्ट्रिय एकता दिवस मनाइँदैछ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

नागरिक तहबाट आयोजना हुने पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस समारोहमा मुलुुकका विभिन्न व्यक्ति सहभागी हुने बताइएको छ ।

सिंहदरबार पश्चिम मूलद्वारमा रहेको राष्ट्र निर्माताको शालीकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उनको योगदानको स्मरण गरिँदै छ ।

विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले ससाना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गरेका थिए ।

नेपाली सेनाले पनि सैनिक मुख्यालय जङ्गी अड्डामा रहेको पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गर्ने कार्यक्रम तय गरेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर