२० पुष २०७७

नेपालगञ्जबाट सुर्खेत आउँदै गरेको जीप दुर्घटना हुँदा पूर्वराज्यमन्त्रीसहित पाँच जना घाइते भएका छन्।

सोमबार दिउँसो  बा २१ च ४७४६ नम्बरको जीप बाँसगढी नगरपालिका–१ स्थित मौरीखोला र उन्तिसखोलाको बीचमा दुर्घटनामा परेको हो।

दुर्घटनामा पूर्वजलस्रोत राज्यमन्त्री विनोद कुमार साह, उनकी श्रीमती लक्ष्मी शाह, दैलेखको विन्द्रासैनी नगरपालिका–२ का सूर्य बहादुर शाही, आठबिस नगरपालिकाका पद्म माझी र चालक विनय भण्डारी घाइते भएका छन्।

प्रतिक्रिया

सम्बन्धित खवर