११ पौष २०७७, शनिवार
कुवेतमा गठन भएको कल्याणकारी समुहले अग्रेजी नयाँ वर्षको अवसरमा खुल्ल भलिवल प्रतियोगिताको आयोजना गर्ने भएको छ । अल मुजैनी एक्सचेन्जले प्रायोजन गर्न लागेको उक्त प्रतियोगितको नाम अल मुजैनी भलिवल कप २०२१ राखिएको छ । जनवरी १ तारिख र जनवरी ८ तारिखका दिन महावुल्लाको खेल मैदानमा खेल खेलाईने भएको छ । प्रतियोगितामा भारतीय सहित ९ वटा टिमले सहभागिता जनाईसकेको समाजका संस्थापक तथा सल्लाहकार नवराज पराजुलीले जानकारी गराए । पराजुलीका अनुसार खेल खेल्नको लागि दर्ता शुल्क १० केडि तोकिएको छ भने प्रथम हुनेलाई १०१ कुवेती दिनार र टफ्रि दिईने छ भने उपविजेतालाई टफ्रि र ५१ दिनार पुरस्कार राखिएको छ ।

 

प्रतिक्रिया

सम्बन्धित खवर