ललितपुर, २०७७ पुस ९ गते

  ललितपुर महानगरपालिका-२ धोबीघाट चोकमा डिउटीमा खटिएको प्रहरी कर्मचारीमाथि अभद्र व्यवहार गरेको अभियोगमा २ जनालाई बुधबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-४ बागडोल बस्ने ३१ वर्षीय उमेश खड्का र धादिङ घर भई सोही ठाउँ बस्ने २६ वर्षीय रुकेश रानाभाट रहेका छन् । बा.८६ प ५९७० नम्बरको मोटरसाइकलमा सवार उनीहरूले बाटो हिँडेको मान्छेलाई अपशब्द बोलेपछि महानगरीय प्रहरी प्रभाग बल्खुबाट खटिएको प्रहरीले रोकी सम्झाई-बुझाई गर्नेक्रममा उनीहरूले प्रहरीमाथि हातपात गरी अभद्र व्यवहार गरेपछि उनीहरूलाई प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर