८ पौष २०७७, बुधवार

केपी ओली कित्तामा लागेका पूर्व माओवादी नेता टोपबहादुर रायमाझि मन्त्री बन्ने भएका छन् । मन्त्री बन्ने सहमतिमै उनी ओली पक्षमा लागेका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिमण्डल पुनर्गठनको तयारी गरेका छन् ।

त्यसमा कम्तीमा ७-८ मन्त्री थपिने छन् । त्यसमा रायमाझिले मन्त्री पाउने पक्का भएको छ । ओली पक्षमा लागेका मणि थापा पनि मन्त्री बन्न लबिङमा छन् । संसद बिघटन भइसकेकाले जो सुकै नेतालाई पनि मन्त्री बनाउन सकिने प्रावधान छ ।

प्रचण्ड–माधव नेपाल पक्षका सात मन्त्रीले गत आइतबार राजिनामा दिइसकेका छन् ।नेता वामदेव गौतम दुवै पक्षमा नलागी बसेका छन् । गृहमन्त्री पाए ओली पक्षलाई सहयोग गर्ने उनको तयारी छ ।-दृष्टिबाट

प्रतिक्रिया

सम्बन्धित खवर