 
							२० भाद्र २०७७, शनिवार
मलेसियाबाट स्वदेश फर्कनका लागि हवाइ भाडादर महँगो भएको भन्दै नेपाली मजदुर एकता समाज मलेसियाले सहुलियतपूर्ण भाडादरको माग गरेको छ।
संस्थाले प्रेस विज्ञप्ति जारी गर्दै वैदेशिक रोजगारीको क्रममा मलेसियामा रहेका कामदार र कामबिहिन कामदारलाई स्वदेश फर्कन आर्थिक भार थपिएको र कामबिहिन अलपत्र श्रमिक झन अलपत्र पर्ने भन्दै नेपाली दुतावास मलेसिया साथै नेपाल सरकारको विशेष ध्यानाकर्षण जनाएको हो।
चार्टर उडानको लागि सरकारले १५ सय ९० रिङगेट भाडादर तोकेकोमा अहिले खुला गरिएको नियमित उडानमा २ हजार देखि ३ हजार रिङ्गेट सम्म श्रमिकले हवाई भाडा तिर्नुपर्ने बाध्यता भएको गुनासो रहेको छ ।लकडाउन अघि नियमित उडानमा करिब ७ सय रिङगेटको सेरोफेरोमा हवाई भाडादर थियो .


 
								
 
										 
										





 
												 
												 
												 
												 
												 
												
 +977 986-4882241
 +977 986-4882241 rastradaily@gmail.com
 rastradaily@gmail.com