११ भाद्र २०७७, बिहिवार

सुदुर पश्चिम .समाज कतारले आपतकालीन राहत कोषमा .१ लाख १ हजार १५ रुपैयाँ आर्थिक सहयोग गरेको छ । सुदूरपश्चिमेली नेपाली समाज कतार मार्फत उक्त रकम सुदुरपश्चिमेलि आपतकालीन राहत कोषमाको खातामा जम्मा गराएको सुदूरपश्चिमेली नेपाली समाजका अध्यक्ष धन बहादुर बलायरले वताउनु भयो

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका सुदूरपश्चिमेली नेपालीहरुलाई आईपर्ने समस्याहरुको समाधानका साथै नेपालमा हुने प्राकृतिक दैविय प्रकोपबाट प्रभावित क्षेत्र स्वास्थ्य, शिक्षा, तथा खेलकुद लगायत विभिन्न परोपकारी कार्यको लागी विश्व भरिमा रहेका सुदूरपश्चिमेली नेपाली समाजहरुको संयुक्त पहलमा सुदूरपश्चिमेली आपतकालीन राहतकोष”को स्थापना गरिएको हो ।

सुदूरपश्चिमेली नेपाली समाज कतारका अध्यक्ष प्रेम चलाउनेको समन्वयमा कतार समाजका कार्यकारी समिति तथा सुदूरपश्चिमेली नेपालीहरुको सहयोगमा रकम जम्मा गराएको सुदुरपश्चिमेली नेपाली समाज कतारका कोषाध्यक्ष अनुप जोराले बताउनु भयो ।

प्रतिक्रिया

सम्बन्धित खवर