२३ भाद्र २०७७, मंगलवार

काठमाडौँ । विश्वमा कोरोना संक्रमणबाट ८ लाख ९० हजार नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयकोे तथ्यांकअनुसार हालसम्म कोरोनाबाट विश्वमा ८ लाख ९० हजार ९ सय २३ मानिसको मृत्यु भएको छ ।

https://www.amazon.com/b?node=5799614011&linkCode=ll2&tag=kushalstylehu-20&linkId=5482d31402769e2007f462399bc9f5f8&language=en_US&ref_=as_li_ss_tl

विश्वमा संक्रमितको संख्या २ करोड ७२ लाख ४६ हजार ६ सय ८६ पुगेको छ भने १ करोड ८२ लाख १० हजार ३९ जना निको भएका छन्।

कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या अमेरिकामा १ लाख ८९ हजार १ सय ६८ पुगेको छ भने संक्रमितको संख्या ६२ लाख ९९ हजार ६ सय ३७ पुगेको छ।

यस्तै, भारतमा ७१ हजार ६ सय ४२ को मृत्यु भएको छ भने संक्रमित संख्या ४२ लाख ४ हजार ६ सय १३ पुगेको छ ।

ब्राजिलमा १ लाख २६ हजार ९ सय ६० को मृत्यु भएको छ भने संक्रमित संख्या ४१ लाख ४७ हजार ७ सय ९४ पुगेको छ ।

रुसमा १७ हजार ८ सय १८ को मृत्यु भएको छ भने संक्रमित संख्या १० लाख २७ हजार ३ सय ३४ पुगेको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर