२४ बैशाख २०७८

नेकपा एमालेमा वरिष्ठ नेता माधवकुमार नेपालले पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी ओलीसँग आफ्नो कुनै सहमति नबनेको प्रष्ट गर्नुभएको छ ।

एमाले विभाजन रोक्न पहिलो र दोस्रो तहका नेताहरुबीच अनेकन प्रयास चलिरहेकै बेला नेता नेपालले केपी ओलीसँग अहिलेसम्म कुनै सहमति नभएको स्पष्ट गर्नुभएको हो ।

नेता नेपालले सामाजिक सञ्जाल फेसबुकमा संक्षिप्त विज्ञप्ति राख्दै, २०७५ जेठ २ गतेको कमिटी, विधान र नेतृत्व नै आफ्नो बटमलाइन भएको उल्लेख गर्नुभएको हो ।

नेपालले भन्नुभएको छ, ‘हामी वार्ता र लचकता दुबै अपनाउछौं । तर, अहिलेसम्म कुनै सहमति भएको छैन । २०७७ फागुन २८ गते र त्यसपछि भएका कथित बैठकहरू र त्यसले गरेका निर्णयहरू फिर्ता लिनुपर्छ ।’

नेपालले आफूहरू नीति र विधिको आधारमा चल्ने सुदृढ र एकताबद्ध एमालेका पक्षमा रहेको भन्दै २०७५ जेठ २ को बटमलाइनमा सहमति नभएको उल्लेख गर्नुभएको हो ।

कार्यकर्तालाई कुनै किसिमको भ्रममा नपर्न, नअल्मलिन र सशक्त पार्टी बनाउने अभियानमा लागिरहन पनि आह्वान गर्नुभएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर