
२६ फागुन २०७७
प्रदेश नम्बर २ मा नेकपा माओवादी केन्द्रका करिब आधा दर्जन प्रदेशसभा सदस्यहरुले पार्टी परित्याग गरि नेकपा एमालेमा जाने मनस्थिति बनाएका छन् ।
सर्वोच्च अदालतले नेकपा खारेजी गर्दै नेकपा एमाले र नेकपा माओवादी केन्द्र व्युँताएसँगै माओवादी केन्द्रका ५ जना प्रदेशसभा सदस्यहरु एमालेमा जाने तयारीमा लागेको एक प्रदेशसभा सदस्यले बताए ।
प्रदेशसभा सदस्यहरु रामचन्द्र मण्डल, ज्वाला कुमारी साह, कुन्दन कुशवाहा, दिलिप साह र मोहम्मद समिर माओवादी केन्द्र परित्याग गर्दै नेकपा एमालेमा प्रवेश गर्न लागेको नेकपा एमाले स्रोतले जनाएको छ ।