२७ पुस २०७७
विमानमा यात्रा गरिरहेकी एक महिलाले उडिरहेको विमानमा नै शारीरिक सम्बन्ध राखेर सबैलाई चकित बनाएकी छन् ।
१३ मार्चमा गटविक एयरपोर्टबाट मेक्सिकोका लागि उडेको विमानमा ती महिलाले अपरिचित व्यक्तिसँग छोटो कुराकानीपछि यौन सम्बन्ध राखेको खबर बाहिर आएको हो ।
सो फ्लाइट ११ घन्टाको थियो ।
ती महिलाले अपरिचित युवालाई सुरुमा चुम्बन गरेको र त्यसपछि इकोनोमी क्लासको बाथरुममा गएर आपत्तिजनक क्रियाकलाप गरेको दि सनले जनाएको छ ।
दुवै जना बाथरुपमा छिरेको केही समयपछि विमानका कर्मचारीले ढोका ढकढकाएका थिए ।
जब ढोका खुल्यो त्यहाँ आपत्तिजनक अवस्था देखिएको विमानका कर्मचारीले जनाएका छन् ।
रोचक त के छ भने विमानमा चढ्दा यी दुईले एकअर्कालाई चिन्दैनन् थिए । बोरिङ पास लिँदासम्म पनि दुबैबीच परिचय भएको थिएन ।
विमानका प्रत्यक्षदर्शीका अनुसार ती महिना रक्सी पिएर विमानमा चढेकी थिइन् ।
उनीसँग बसेका ती व्यक्तिले भने, ‘उनी सबैसँग फ्रेन्ड्ली भएर बोल्दै थिइन् ।
म र मेरो साथीसँग कुरा गर्ने कोसिस गरिन् । त्यसपछि विमानमा हिडिरहेका एक व्यक्तिसँग कुरा गर्न थालिन् । तत्काल ती अपरिचितलाई चुम्न थालिन् ।
केही समयपछि उनी बाथरुममा गइन् । ती युवक पनि पछि पछि गए ।’त्यसपछि बाथरुममा के भइरहेको छ भन्ने कुरा विमानमा यात्रा गरिरहेका यात्रुले अन्दाज गर्न सक्थे किनकि ती महिला चर्को आवाज निकालिरहेकी थिइन् ।